बैंकिङ खबर/ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विजयपुर कास्कीद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम पोखरा महानगरपालिका -१३ साझा क्लबको सभाहल काहुखोलामा एक कार्यक्रमका साथ वित्तीय साक्षरता कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो ।
सस्थाकी सदस्य सुशिला बरालकोसभापतित्वमा संचालन भएको कार्यक्रममा पो म न पा – १३ साझा जिमिरे टोल विकाश संस्थाकी अध्यक्ष पार्वती वानीया क्षेत्री प्रमुख अतिथि रुपमा रहेकी थिइन् ।
कार्यक्रममा संस्थाका केन्द्रीय कार्यालय कार्य संचालन विभाग प्रमुख सुदीप आचार्य प्रदेश प्रमुख विनोद पराजुली अनुगमन अधिकृत प्रकाश लामीछाने समाजसेवी रन बहादुर सुनार रतन पाण्डे बचत तथा ऋण सहकारी संस्थाका सचिव देवराज पौडेल लगायत ५७ जनाको उपस्थिति रहेको थियो ।
संस्थाले नेपाल राष्ट्र बैकको नेतृत्वमा विश्वव्यापी रुपमा अभियानका रुपमा हरेक वर्ष मार्च महिनामा संचालन गरिने सप्ताहव्यापी कार्यक्रम ग्लोबल मनी विक अन्तर्गत यस वर्षको नारा Think Before You Follow,Wise Money Tommorowभन्ने नाराका साथ मार्च मार्च १७ देखि मार्च २३ सम्म सप्ताहव्यापी रुपमा कार्यक्रम संचालन गर्ने उद्देश्य अनुरुप पहिलो दिन उक्त कार्यक्रमको शुरुवात गरिएको हो।
कार्यक्रममा अनुगमन अधिकृत प्रकाश लामीछानेले हालको वर्तमान अवस्थामा परिवार तथा समाजलाइ सकरात्मक किसिमबाट अगाडी बढाउन का लागी आर्थीक गतीविधीहरु सन्चालन गर्दा एकदमै सुक्ष्म ढगबाट बिचार गरेर मात्र कार्य गर्नपर्ने बताए ।
उनले वित्तीय ज्ञानको कमी तथा ज्ञानको अभावले वित्तीय क्षेत्रमा समस्या हुन जान नदीन र युवा बर्ग तथा व्यवसायीक ब्यक्तीहरुको सुरक्षाका लागी यस किसिमको साक्षरता आवश्यक रहेको ठहर गर्दै युवा पिढीहरु सामाजीक सजालमा आउने जुन सुकै सुचनाहरुको पनी सत्य तथ्य नबुझी प्रभावमा परी जानी नजानी वित्तीय क्षेत्रलाइ तथा पारीवारीक सामाजीक क्षेत्रमा असर पर्ने गरी कार्यहरु हुन सक्ने औल्याए ।
कार्यक्रममा कार्यसन्चालन विभाग प्रमुख सुदीप रेग्मी तथा प्रदेश प्रमुख विनोद पराजुलीले प्रशिक्षण दिएका थिए । कार्यक्रम विजयपुर शाखाकी शाखा प्रबन्धक भागीरथी भुजेलले सचालन गरेकी थिइन् ।




