March 17th, 2025

छिमेक लघुवित्त पथरैयाद्वारा वित्तीय साक्षरता र Global Money Week र्‍याली सम्पन्न

बैंकिङ खबर/ जानकी गाउँपालिका-९,कैलाली खैरिफाटा बजार – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय पथरैयाद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम तथा Global Money Week 2025 को अवसरमा खैरिफाटा बजार र लम्की बजारमा वित्तीय सचेतना र्‍याली भव्य रूपमा सम्पन्न गरेकाे छ ।

Digital Bus को माध्यमबाट आयोजित उक्त कार्यक्रममा वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा समाजका अन्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा शाखा प्रबन्धक हरिचन्द्र भट्टको अध्यक्षता रह़ेको थियो भने प्रमुख अतिथि अनुगमन प्रमुख तपेन साउद थिए ।

शाखा प्रबन्धक भट्टले वित्तीय साक्षरताको महत्त्व, संस्थाले प्रदान गर्ने सेवा-सुविधाहरू, वित्तीय अनुशासन र आत्मनिर्भरताको आवश्यकता जस्ता विषयमा विस्तृत रूपमा जानकारी दिए । कार्यक्रमका प्रशिक्षक बुधराम महतो ले पारिवारिक बजेट व्यवस्थापन, बचतको सदुपयोग, कर्जा व्यवस्थापन र वित्तीय सचेतना जस्ता महत्वपूर्ण विषयहरूमा प्रशिक्षण दिएका थिए ।

सहभागीहरूले वित्तीय सचेतना वृत्तचित्र, अडियो-भिडियो प्रस्तुति तथा छलफल विधि मार्फत बचत गर्ने तरिका, ऋणको व्यवस्थापन र वित्तीय योजना बनाउने तरिकाहरू सिक्न पाय़का थिए। साथै, प्रोजेक्टरको माध्यमबाट दृश्यात्मक सामग्रीहरूको प्रयोग गरी सहभागीहरूलाई प्रभावकारी तरिकाले जानकारी गराइएकाे थियो।

खैरिफाटा बजारमा बिहान ११:०० बजे शुरू भय़ोको कार्यक्रम दिउँसो ४:०० बजे समापन गरियो। त्यसपछि ४:०० देखि ५:०० बजेसम्म लम्की बजारमा एक भव्य वित्तीय सचेतना र्याली प्रदर्शन गरिएकाे थियाे । र्‍यालीमा स्थानीय समुदाय, संस्थाका कर्मचारी, लघुवित्तका सदस्य तथा युवाहरूको उत्साहजनक सहभागिता रह़ेको थियो।

कार्यक्रममा सहभागीले स्थानीयहरूले यस्ता सचेतना कार्यक्रमहरूले व्यक्तिगत र पारिवारिक वित्तीय व्यवस्थापनमा सुधार ल्याउने, बचत गर्न उत्प्रेरित गर्ने तथा सही ढंगले कर्जा प्रयोग गर्न मार्गदर्शन गर्ने बताए । छिमेक लघुवित्त वित्तीय संस्थाले यस्ता कार्यक्रमहरू ग्रामीण भेगमा निरन्तर सञ्चालन गर्दै आइरहेको छ। संस्थाले आगामी दिनहरूमा पनि Digital Bus को माध्यमबाट वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।