March 16th, 2025

सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि संशोधन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार कार्यविधि संशोधन गर्न लागेको हो।

कार्यविधि संशोधनको मस्यौदा गभर्नर महाप्रसाद अधिकारीकहाँ पेस गरिसकेको कार्यदलले जनाएको छ । अहिले कार्यान्वयनमा रहेको कार्यविधि २०६८ सालमा बनाइएको हो।

व्यापारीहरुले अहिलेसम्म सुनचाँदी व्यवसायी संघ र महासंघको सिफारिसमा पालो कुरेर बैंकसँग सुन किन्दै आएकामा कार्यविधिमा संशोधनपछि कर तिरेको आधारमा पाउनेछन्। कर तिरेका आधारमा व्यापारीलाई सुनको कोटा तोक्ने काम अब बैंकर्स संघले गर्नेछ ।