२०८१ फाल्गुन १८ गते

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त मर्जरमा

बैंकिङ खबर/समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ। फागुन १७ गते दुबै संस्थाले औपचारिक रूपमा मर्जर प्रक्रिया अघि बढाउने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंवामा रहेको छ। मर्जरपछि नयाँ संस्थाको मुख्य कार्यालय कुन स्थानमा रहने भन्ने टुंगो लाग्न बाँकी छ।

गत बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार, समाज लघुवित्तको प्रतिकित्ता शेयर मूल्य रु ३,५३९ रहेको थियो भने ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता शेयर मूल्य रु ८९१ कायम रहेको थियो।

हाल लघुवित्त क्षेत्रलाई थप सशक्त बनाउन वित्तीय संस्थाहरू मर्जर प्रक्रियामा गइरहेका छन्। यस मर्जरले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै संस्थागत क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ।