Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैँक सहित ४५ बैँक तथा वित्तिय संस्था अन्तर बैँक विद्युतीय भुक्तानी प्रणालीमा

admin २०७२ चैत्र ५ गते
सेयर:

NBL (1)नेपाल बैँक अन्तर बैँक विद्युतीय भुक्तानी प्रणालीमा जाने भएको छ । यसका लागि बैँकले नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल बैँकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाहूले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार क्लियरिङ्ग हाउसले बैँकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवासंचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

NCHL-IPS प्रणाली मार्फतकम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । 

NCHL-IPS प्रणालीका लागि कम्पनीले ४१बैंक तथावित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यका रुपमा र ३ रेमिट कम्पनिहरुसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । नेपाल बैँकसँगको सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ४५ पुगेको छ । 

क्लियरिङ्ग हाउसले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना १२४ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,६६० शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएकोमा कम्पनीको उद्देश्य बमोजिम अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा संचालनमा ल्याउन आगामी दिनहरुमा अन्य बैंक वित्तीय संस्थाहरुलाई पनि यस प्रणालीमा आवद्ध गराएर यस प्रणालीको संजाल निरन्तर रुपमा बढाउदै लग्ने कम्पनीको लक्ष्य छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।