Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अझै रोकिएन सेयर बजारमा गिरावटको क्रम : १५०९ अंकमा झर्यो परिसूचक

२०७३ मंसिर २७ गते
सेयर:

stockसोमबार पनि सेयर बजार घटेर बन्द भएको छ । कारोबार सुरु भएको एक घण्टामा नै १४९५ अंकसम्ममा झरेको बजार अन्ततः सम्हालिँदै १५०९.४३ अंकमा पुगेर बन्द भएको छ । समग्रमा सोमबार नेप्से परिसूचक १३.३७ अंकले घटेको हो । होटल र अन्य समूहबाहेक सोमबार कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ६७.६४ अंकले घट्दा उत्पादनमूलक १७.२७ अंकले घटेको छ भने बैंकिङ १६.६२ र विकास बैंक १२.६३ अंकले घटेका छन् । जलविद्युत् र फाइनान्स क्रमशः ४.१७ र २.३१ अंकले घटेका छन् । होटल र अन्य भने क्रमशः ०.०१ र २.०३ अंकले बढेका छन् । 

खासै उल्लेख्य कारोबार नभएपनि आइतबारको तुलनामा भने कारोबार रकममा सुधार देखिएको छ । आइतबार ४० करोडको कारोबार भएको बजारमा सोमबार ५४ करोडको कारोबार भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको १० लाख दुई हजार सात सय ३४ कित्ता सेयर चार हजार १८ पटक किनबेच हुँदा कुल ५४ करोड ८३ लाख १५ हजार तीन सय ५१ रुपैयाँ पुँजी परिचालन भएको हो । 

कुल कारोबारमध्ये एभरेष्ट बैंकको मात्रै नौ करोड ८८ लाख नौ सय ८८ रुपैयाँको कारोबार भएको छ भने सिद्धार्थ बैंकको तीन करोड ६८ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको सवा दुई करोड रुपैयाँको कारोबार भएको छ । यसबाहेक, एसियन लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी र एनएमबि बैंकको क्रमशः एक करोड ८२ लाख, एक करोड ६९ लाख र एक करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । प्रभु इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापूछ्रे बैंक, शिखर इन्स्योरेन्स लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ । 

हिमालयन डिस्टीलरीका सेयरधनीले सबैभन्दा धेरै ९.९२ प्रतिशतका दरले सम्पत्ति बढाउँदा एनबि इन्स्योरेन्सका सेयरधनीले ९.६६ प्रतिशतले सम्पत्ति बढाएका छन् । हाम्रो विकास बैंक, पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, साझा विकास बैंक, मिरमिरे माइक्रोफाइनान्स, आईसीएफसी फाइनान्स, युनाइटेड इन्स्योरेन्स, नेशनल हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् । 

सृजना फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.५२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने फस्र्ट माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी, बरुण हाइड्रो र रिडी हाइड्रोका सेयरधनीले क्रमशः ५.८२, ५.६६, ५.३१ र ५ प्रतिशतका दरले गुमाएका छन् । ज्योति विकास बैंक, नागबेली लघुवित्त, नमस्ते वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, निर्धन उत्थान बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।