२०८१ फाल्गुन ८ गते

नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचीकृत

बैंकिङ खबर/नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत भएको छ । शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

शिवम् सिमेन्टको ८ दशलमव ५५ प्रतिशत बोनश शेयर वापत ४२ लाख ९८ हजार ८५ कित्ता, फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४४४ कित्ता शेयर र कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५०२ दशलमव २२३४ कित्ता शेयर सूचिकृत भएको हो । यी कम्पनीको शेयर अब आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।