March 18th, 2016

ग्रोमर मर्चेन्ट बैँकरको अध्यक्षमा विनोद थकाली

Binod thakaliग्रोमर मर्चेन्ट बैँकर लिमिटेडको सञ्चालक समितीको अध्यक्ष पदमा विनोद थकाली नियुक्त भएका छन् । प्रभु समुहको लगानीपश्चात् सञ्चालक समिती पुनर्गठन गरी थकालीलाई अध्यक्ष चयन गरिएको हो । समितीका सञ्चालकहरुमा सुभाष अमात्य, सुरजकुमार श्रेष्ठ, लक्ष्मण ज्ञवाली र एकेन्द्र बहादुर कुँवर रहेका छन् । ग्रोमर मर्चेन्ट बैँकर लिमिटेडले नेपालको क्यापिटल मार्केटको विकास र विस्तारमा पुर्याएको अग्रणी भूमिकालाई आफ्नो नयाँ व्यवस्थापनमार्फत अझ बढी सरल र सहजतापूर्वक निरन्तरता दिने विश्वास समेत दिलाइएको छ ।