Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हलेसीमा आगलागीः लघुवित्तको कार्यालयमा पनि क्षति

२०८१ फाल्गुन ४ गते

बैंकिङ खबर/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा फैलिएको आगलागीबाट लघुवित्तको कार्यालयमा समेत क्षति पुगेको छ । निर्धन उत्थान लघुवित्तको कार्यालय पूर्ण रूपमा क्षति भएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । यस्तै कल्याण होटल र होटल हलेदी दर्शनसहित ३ वटा होटल जलेका छन् ।