
बैंकिङ खबर/सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. रामगोपालपुर शाखाले समूहका महिला तथा अभिभावकका लागि बाख्रापालन सम्बन्धी तालिम दिएको छ ।
उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्र करिब १०० जना सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.को मधेश प्रदेश अन्तर्गत महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका वडा नं ५ मा रहेको शाखाको आयोजनामा १ दिने बाख्रापालन तालिम सम्पन भएको छ ।
रामगोपालपुर नगरपालिका वाड नम्बर ५ मा रहेको सामूदायीक भवनमा भएको कार्यक्रम रामगोपालपुर नगरपालिका प्रमुख राम दुलार शाहको प्रमुख आतिथ्यमा सुरू भएको थियो भने संस्थाको अनुगमन स्टेसन हरिवनका अनुगमन अधिकृत मानप्रसाद फुयालले स्वागत मन्तव्य र तालिमको आवश्यकता, यसबाट लिन सकिने फाईदा बारेमा प्रष्ट पार्नुभएको थियो र प्रशिक्षकको रूपमा रामगोपालपुर नगरपालिकास्थित पशुसेवा केन्द्रको प्रमुख, पशुसेवा विज्ञ राम तलेबर मण्डल रहेका थिए ।
संस्थाका शाखा प्रबन्धक संग्राम अधिकारीका अनुसार रामगोपालपुर नगरपालिका वाड नम्बर ५ मा रहेको सामुदायिक भवनमा भएको तालिममा १०० जना भन्दा बढी महिला तथा पुरुष को सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिला तथा अभिभावकलाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक अधिकारीले बताए ।
तालिममा रामगोपालपुर नगरपालिका कि केन्द्र न ४६ केन्द्र प्रमुख सुनिता देबीले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न सहभागिहरुलाई अनुरोध गरे ।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको अनुगमन विभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले बताए ।
यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आयआर्जन गर्न सहयोग पुग्ने बताएका छन् । यस संस्थाबाट कर्जा लि. ब्यावसय गरि कर्जाको सही सदुपयोग गरेर आयस्रोत बढाइ यस वर्ष उत्कृष्ट वचत गर्ने ३ जना सदस्यहरूलाइ कार्यक्रमका प्रमूख अतिथीको हातबाट खादा,माला र प्रमाणपत्र सहित सम्मान गरियो र कार्यक्रमको संचालन यसै संस्थाको रामगोपालपुर शाखाका शाखा प्रमुख संग्राम अधिकारी गरेका थिए ।



