Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सामाजिक सुरक्षा कोषको ८४ प्रतिशत रकम बैंकमा

२०८१ फाल्गुन १ गते

बैंकिङ खब/ सामाजिक सुरक्षा कोषको ८४ प्रतिशत लगानी मुद्दती निक्षेपमा रहेको छ । कोषको कूल लगानी ९९ अर्ब १९ करोड रहेकामा त्यसमध्ये ८३ अर्ब ९३ करोड मुद्दती, ३ अर्ब ७१ करोड ऋणपत्र, ५ अर्ब ४४ करोड ट्रेजरी बिल, १ अर्ब ९८ करोड विकास ऋणपत्र, ३ अर्ब ६८ करोड योगदानकर्ता सापटी र ४१ करोड रुपैयाँ म्युचुअल फण्डमा लगानी छ।

सामाजिक सुरक्षा कोषका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार कोषले मुद्दतीबाहेक विकास ऋणपत्र र ट्रेजरी बिलमा लगानी बढाइरहेको छ ।