२०७३ मंसिर २६ गते

“सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्” योजनाका छैठौँ र आठौँ साताका विजेताले पाए उपाहार

sirichan-majhiविगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने विश्वसनीय मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका छैठौं र आठौं साप्ताहिक विजेताहरुलाई उपहार बितरण गरेको छ । यस “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्” उपहार कार्यक्रमअन्तर्गत् महोत्तरीस्थित जलेश्वरका श्रीचन माझी र मोरङस्थित बेलबारीकी सनिता राई क्रमशः छैठौंंं र आठौं साताका भाग्यशाली विजेता बन्न सफल भएका थिए । उनीहरुलाई सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौँबाट गएको घुम्ती प्रतिनिधि टोलीले उनीहरुकै स्थानमा गई ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार प्रदान गरेका हुन् ।

sanita-raiहरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार प्राप्त गर्न सक्ने यो योजना यहि पुस ९ गते सम्म लागु हुने कम्पनीले जनाएको छ । यस योजनाबाट हरेक हप्ता एक जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा ४ आना घडेरी समेत जित्न सक्नेछन् ।