Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साइपालमा गभर्नरले उद्घाटन गरे एभरेस्ट बैंकको शाखा

२०८१ माघ २८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले बैंकिङ पहुँचबाट टाढा रहेको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बैंकिङ सेवा उद्घाटन गरेका छन्।

उनले सोमबार साइपाल गाउँपालिका पुगेरै एभरेष्ट बैंकको शाखा उद्धघाटन गरेका हुन्। योसँगै अब देशभरका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ। यसअघि ७५२ वटा पालिकामा मात्रै बैंकिङ पहुँच पुगेको थियो भने भौगोलिक कठिनाइका कारण उक्त गाउँपालिकामा कुनै पनि बैंकका शाखा पुग्नसकेका थिएनन्।

सोमबार एभरेष्ट बैंकले सो पालिकाकै पहिलो शाखा उद्घाटन गरेको हो। बैंकले राष्ट्रबैंकका गभर्नर अधिकारीसहितको टोली लगेर शाखा उद्घाटन गरेको छ। शाखा उद्घाटनका लागि गभर्नरसहित एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल बैद्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि साइपाल पुगेका हुन्।