बैंकिङ खबर/ देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । भौगोलिक रुपमा विकट बझाङको साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको हो ।
बैंकले गत असोजमा नै उक्त शाखा सञ्चालनमा ल्याएको थियो । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेसँगै गभर्नर महाप्रसाद अधिकारी बैंकको उक्त शाखा उद्घाटन गर्न पुगेका हुन् ।
एभरेष्ट बैंकको व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसहित गभर्नर अधिकारी हेलिकोप्टरमार्फत उक्त शाखा उद्घाटनको लागि पुगेका छन् ।




