Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर(भिडियो)

२०८१ माघ २८ गते

बैंकिङ खबर/ देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । भौगोलिक रुपमा विकट बझाङको साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको हो ।

बैंकले गत असोजमा नै उक्त शाखा सञ्चालनमा ल्याएको थियो । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेसँगै गभर्नर महाप्रसाद अधिकारी बैंकको उक्त शाखा उद्घाटन गर्न पुगेका हुन् ।

एभरेष्ट बैंकको व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसहित गभर्नर अधिकारी हेलिकोप्टरमार्फत उक्त शाखा उद्घाटनको लागि पुगेका छन् ।