बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत ५० लघुवित्त कम्पनीमध्ये १४ वटाले मात्रै चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
विवरण अनुसार लघुवित्तहरुको खुद ब्याज आम्दानी, खुद नाफा, खराब कर्जा नियन्त्रण लगायतका सूचकमा सुधार देखिएको छ । १४ वटा कम्पनीहरु वित्तीय विवरण अनुसार नाफा झन्डै २१ प्रतिशत वृद्धि भएको देखिन्छ । ६ महिनामा कम्पनीहरुले ४७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका छन् । समीक्षा अवधिमा सामुदायिक लघुवित्त र इन्फिनिटी लघुवित्त भने ऋणात्मक छन् । अरु कम्पनीहरु भने नाफामै देखिन्छन् ।
६ महिनामा सर्वाधिक नाफा कमाउनेमा ग्रामीण विकास लघुवित्त छ । कम्पनीले १८ करोड १८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो सूचीमा रहेको ग्लोबल आइएमई लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
ग्लोबल आइएमईसहित आरम्भ चौतारी, हिमालयन, उन्नती सहकार्य, गुराँस लघुवित्त, स्वालम्बन लघुवित्तको नाफामा उछाल आएको छ । यी कम्पनीहरुले नाफा शतप्रतिशत बढाएका छन् ।
समग्र १४ वटा लघुवित्त कम्पनीहरुको खराब कर्जा पनि औसतमा सुधार देखिन्छ । हाल ती कम्पनीहरुको औसत खराब कर्जा ५.४९ प्रतिशत कायम भएको छ । जबकि, गत आवको दोस्रो त्रैमासमा भने ६.२२ प्रतिशत रहेको थियो । आठ वटा कम्पनीहरुको खराब कर्जा अनुपात घटेको छ । तर, पाँच वटा कम्पनीको खराब कर्जा भने सीमाभन्दा माथि छ । सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको १५.०९ प्रतिशत छ ।
यस्तै, इन्फिनिटीको ९.८५ प्रतिशत, स्वावलम्बनको ८.२८ प्रतिशत, हिमालयनको ५.६२ प्रतिशत, धौलागिरीको ५.५० प्रतिशत छ । ५ वटा कम्पनीको खराब कर्जा ४ प्रतिशत माथि छ । दोस्रो त्रैमासमा सपोर्ट लघुवित्तको भने १.७४ प्रतिशत छ ।
Net Profit and Loss of Microfinance (Rs in 000)
Company Name Upto Poush 2081 Upto Poush 2080 Difference %
Swabalamban Laghubitta 80,720 41,563 94.21
Infinity Laghubitta (94,622) 14,981 (731.61)
Global IME Laghubitta 118,339 47,830 147.42
Unnati Sahakarya Laghubitta 6,383 2,493 156.04
Himalayan Laghubitta 26,063 5,258 395.68
Samudayik Laghubitta (10,868) (39,989)
Grameen Bikash Laghubitta 181,871 170,232 6.84
Dhaulagiri Laghubitta 2,081 (41,483)
Aarambha Chautari Laghubitta 32,654 12,491 161.42
Aatmanirbhar Laghubitta 8,431 11,822 (28.68)
Support Microfinance 15,503 8,642 79.39
First Microfinance 52,30 0 84,914 (38.41)
RSDC Laghubitta 44,182 69,304 (36.25)
Gurans Laghubitta 15,463 7,728 100.09
Average 478,500 395,786 20.90