Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मार्जिन कारोबारका लागि योग्य १०२ कम्पनीको सूची सार्वजनिक

२०८१ माघ १५ गते

बैंकिङ खबर/ मार्जिन कारोबारका लागि योग्य देखिएका १०२ कम्पनीको सूची सार्वजनिक भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य १०२ कम्पनीको सूची सार्वजनिक गरेको हो। यसअघि ११२ वटा कम्पनी रहेकोमा मंगलबार सार्वजनिक सूचीमा भने १०२ वटा रहेका छन्।

मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ।