
बैंकिङ खबर/मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट लगानीकर्ताले सेयर धितो कर्जाका लागि १ खर्ब ७ अर्ब रुपैयाँ ऋण रुपैयाँ लिएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट लगानीकर्ताले सेयर धितो कर्जाका लागि १ खर्ब ७ अर्ब रुपैयाँ ऋण रुपैयाँ लिएका छन्। यो अंक अहिलेसम्मकै धेरै हो।
नेपालको पुँजीबजारमा अहिलेसम्मकै उच्च विन्दुमा नेप्से पुग्दा लगानीकर्ताले १ खर्ब ६ अर्ब रुपैयाँ ऋण लिएका थिए। २०७८ भदौ ३ मा नेप्से ३२ सय २७ अंकसम्म पुगेको थियो।
आर्थिक वर्ष २०७७-७८ को असार मसान्तसम्म लगानीकर्ताले १ खर्ब ६ अर्ब ऋण लिएकामा चालु आवको ५ महिनामै त्यो रेकर्ड तोड्दै लगानीकर्ताले १ अर्ब धेरै ऋण लिएका छन्। पछिल्लो पाँच महिनासम्मको तथ्यांक हेर्दा लगानीकर्ताले १ खर्ब ७ अर्ब रुपैयाँ ऋण लिइसकेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा ५० अर्ब ४० करोड मात्र सेयर धितो कर्जा प्रवाह भएको थियो भने २०७७/७८ मा १ खर्ब ६ अर्ब २८ करोड पुगेको थियो।
आव २०७८/७९ मा ८० अर्ब ५० करोड मात्रै सेयर धितो कर्जा प्रवाह भएको थियो। २०७९/८० मा ७६ अर्ब ३० करोड रहेको यस्तो कर्जा २०८०/८१ मा ९० अर्ब ९ करोड रुपैयाँ पुगेको थियो।




