Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

झण्डै १२ करोडको कुकुर, के छ यसमा खास ? 

२०७३ मंसिर २३ गते

dogएउटा कुकुरको मूल्य कति पर्ला ? तपाई अनुमान गर्न सक्नुहुन्छ ? धेरै भए १ लाख वा दुईतीन लाख । तर यो खबर एउटा यस्तो कुकुरको हो, जसको मूल्य झण्डै १२ करोड रुपैयाँ छ । 

आयरल्याण्डको प्रहरीले एक शिकारी कुकुर चोरी गरेको भन्दै चारजनालाई गिरफ्तार गरेको छ । सो कुकुरको मूल्य दस लाख यूरो अर्थात झण्डै १२ करोड रुपैयाँ रहेको अधिकारीहरुले बताएका छन् । ‘क्लेयर्स रकेट’ नामको सो शिकारी कुकुर टिपरेरी काउन्टीस्थित गोल्डन भन्ने स्थानबाट आफ्नो प्रशिक्षकको साथमा भएको बेला चोरिएको थियो । सो चोरीको तुलना सन् १९८३ मा भएको त्यो घट्नासँग गरिएको छ जुन बेला रेसको घोडा ‘शेरगर’को अपहरण गरिएको थियो । प्रहरीले भनेको छ– ‘सुरक्षित र ठीक हालतमा कुकुरको उद्धार गरिएको छ ।’

खुफिया विभागका कर्मचारीहरु यससम्बन्धी मुद्दामा पक्राउ गरिएका दुइजनासँग टिपरेरी गार्डामा सोधपुछ गरिरहेका छन् भने अन्य दुई आरोपितसँग क्लोनमेल गार्डाका प्रहरीहरु चौकीमा सोधपुछ गरिरहेका छन् । शिकारी कुकुरबारे जानकार इयन फच्र्यूनले रकेट ‘ग्रेहाउन्ड रेसिङ’मा सुपरस्टार भएको बताए । उनले भने, ‘साढे दुई वर्षको सो कुकुरलाई ५४ हजार यूरोको घोषणा गरिएको थियो ।’ उनले थपे, ‘रफ्तार र दौड कलामा यो निकै अब्बल छ । यो यस्तो कुकुर हो जोसँग सबैथोक छ जस्तै लाग्छ । उसको रफ्तार सार्है राम्रो छ र शरिर पनि आकर्षक छ ।’ बीबीसीबाट