Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अन्तर बैंक कारोबारमा ७.२ प्रतिशतको वृद्धि

२०८१ पुष २६ गते

बैंकिङ खबर/ आर्थिक वर्ष २०८१।८२ को पाँच महिनामा नेपालमा अन्तर बैंक कारोबारमा महत्वपूर्ण वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो ।

यस अवधिमा वाणिज्य बैंकहरूको कारोबार ६ खर्ब ८ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरूको कारोबार ७८ अर्ब ८१ करोड गरी कुल कारोबार ६ खर्ब ८७ अर्ब ३६ करोड पुगेको छ।

यसरी, कुल कारोबारमा अघिल्लो वर्षको समान अवधिको तुलनामा ७.२ प्रतिशतको वृद्धि भएको हो। अघिल्लो वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूको कारोबार २० खर्ब ८१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरूको कारोबार २ खर्ब ३६ अर्ब ८६ करोड थियो, जसको कुल कारोबार २३ खर्ब १८ अर्ब ५३ करोड पुगेको थियो।