Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्यक्तिगत बचत खाताको व्यावसायिक कारोबार शंकास्पद कारोबार हुने

admin २०८१ पुष २५ गते
सेयर:

बैंकिङ खबर/व्यक्तिगत बचत खातामा हुने व्यावसायिक कारोबार शंकास्पद वित्तीय कारोबार हुने भएको छ । व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारका रूपमा प्रयोग गरे त्यसलाई शंकास्पद कारोबारका रूपमा बैंकहरूले वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्ने भएको छ ।

यस्तै कुनै कम्पनीको व्यावसायिक कारोबारको रकम कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने भए त्यस्तो कारोबारलाई शंकास्पद कारोबारका रूपमा बैंकहरूले वित्तीय जानकारी इकाइमा जानकारी दिनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन मार्फत उक्त व्यवस्था गरेको हो । कुनै पनि कानुन बमोजिम स्थापना भएको कम्पनी (कानुनी व्यक्ति) ले व्यक्तिगत खातामा व्यावसायिक कारोबार गर्दा शंकास्पद कारोबार हुने भएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण नियमावलीले गरेको व्यवस्था अनुसार राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको हो । ‘कानुनी व्यक्ति वा कानुनी प्रबन्धले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानुनी व्यक्ति वा कानुनी प्रबन्धको खाताबाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा शंकास्पद कारोबारका रूपमा वित्तीय जानकारी इकाइलाई जानकारी दिनुपर्ने छ,’ राष्ट्र बैंकको निर्देशनमा छ, ‘प्रचलित कानुन बमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा शंकास्पद कारोबारका रूपमा त्यसको जानकारी वित्तीय जानकारी इकाइलाई दिनुपर्ने छ ।’

त्यस्तै बैंक तथा वित्तीय संस्थाले व्यवस्थापकीय तहको कार्यान्वयन अधिकारी प्रमुख रहने गरी एक अलग्गै ‘एएमएल/सीएफटी’ विभाग/इकाइ खडा गर्नुपर्ने व्यवस्था छ । बैंकले कार्यान्वयन अधिकारीको नियुक्ति तथा शंकास्पद कारोबार प्रतिवेदन पठाउने सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन अधिकारी नियुक्ति गर्दा निज सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च व्यवस्थापनका कर्मचारीको एकाघर परिवार वा नजिकको नातेदार नरहेको यकिन गर्नुपर्नेछ ।

ABC-UD-19

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।