Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१३ सदस्यीय टोलीको नेतृत्व गर्दै गभर्नर अधिकारी फिलिपिन्स जाने

२०८१ पुष १७ गते

बैंकिङ खबर/ सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यही पुस २८ गतेदेखि हुने भ्रमणस्वीकृत गरेको छ। १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीको नेतृत्वमा हुने १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई स्वीकृति दिएको हो।

गभर्नर अधिकारी पुस २८ देखि माघ २ गतेसम्म फिलिपिन्समा रहनेछन्। सो क्रममा उनले फेस टु फेस बैठकमा सहभागिता जनाउनेछन्।