साना किसान विकास बैंकका सेयरधनीले २५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको सञ्चालक समितिको २७९ औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि सेयरधनीले १.३१६ प्रतिशत नगद लाभांश पनि पाउनेछन् । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
अहिले बैंकको ४० करोड २४ लाख रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
बैंकले चालू आर्थिक वर्षको मुनाफबाटबाट पनि २५ प्रतिशत बोनस सेयर जारी गरेर चुक्तापुँजी ६३ करोड रुपैयाँ पुर्याउने योजना बनाएको छ ।