December 26th, 2024

अर्को व्यवस्था नहुन्जेल कर्णाली विकास बैंकको सेयर रोक्का राख्नू : धितोपत्र बोर्ड

 

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्स्चेन्जलाई कर्णाली विकास बैंकको सेयर रोक्का राख्दै अध्ययन प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्स्चेन्जलाई पत्राचार गरेको छ।

बुधबार नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सेयर कारोबार रोक्न बोर्डमा सिफारिस गरेको थियो। लगत्तै बोर्डले बिहीबारबाटै कारोबार रोक्न नेप्सेलाई निर्देशन दिएको हो।

बोर्डले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि तत्काल उक्त कम्पनीको कारोबार स्थगन गरी थप अध्ययन राय सहितको प्रतिवेदन पेश गर्न भनेको छ।