बैंकिङ खबर/ तीन विकास बैंकले लाभांश घोषणा गरेका छन् । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।
लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको ४ पुसमा बसेको २५१औं बैठकले आर्थिक वर्ष २०८१ असार मसान्तसमा कायम सेयर पूँजीको ९.५०७९ प्रतिशतका दरले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४ सय २६ रुपैयाँ बराबर बोनस सेयर र त्यसबापत लाग्ने कर प्रयोजनका लागि ०.५००४ प्रतिशतका दरले हुन आउने ५५ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ सेयरधनीलाई दिने निर्णय भएको छ । सञ्चालक समिति बैठकले बैंकको १९औं वार्षिक साधारणसभा २७ पुसमा गर्ने र १६ देखि २७ पुससम्म सेयर दर्ता किताब बन्द रहने निर्णय पनि गरेको छ ।