Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

यी ३ लघुवित्तले लाभांश वितरण नगर्ने

२०८१ पुष ४ गते

बैंकिङ खबर/ विजय लघुवित्त, गणपति लघुवित्त र इन्फीनिटी लघुवित्तले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ । विजयको पुस ४ गते र गणपति तथा इन्फीनिटीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन्।

ति कम्पनीका संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि ति कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।