गुरुप्रसाद पौडेल
ज्ञान (Knowledge) नै शक्ति हो, यो भनाइ आज अझ बढी प्रभावकारी मानिन्छ । हिजोका दिनमा बन्दुकलाई शक्ति मानिन्थ्यो । अर्थतन्त्रका सबै क्षेत्रमा ज्ञानको महत्व छ । सेवा क्षेत्रमा ज्ञानको महत्व अझ बढी देखिन्छ । मानव विकासको क्रमसँगै ज्ञानको युग (Knowledge based age) लाई तेस्रो चरणमा राखिएको छ ।
मानव विकासको आर्थिक सामाजिक रुपान्तरण सँगसँगै कृषियुगमा प्रचुर जमिनको स्वामित्व ग्रहण गर्नुलाई सबैभन्दा बढी शक्तिशाली मानियो । कृषियुग पछिको औद्योगिक युगमा उद्योग एवं पुँजीलाई सर्वाेपरि मानियो । विकासको क्रमसँगसँगै ज्ञानको युग शुरु भए देखि नै ज्ञान प्राप्ति र त्यसको उचित प्रयोगबाट गुणस्तरयुक्त वस्तु तथा सेवा उत्पादन, ज्ञानकै प्रयोगबाट लागतमा कमी ल्याउने विषयहरु सर्वाेपरि रहन्छन् (Charles Savage, 5th Generation Management) .
ज्ञानको जानकारी सँगसँगै यसको व्यवस्थापनको महत्वको बारेमा पनि जानकारी राख्नु जरुरी छ । व्यवस्थापनका धेरै विधाहरु छन् । संसारमै चलेका व्यवस्थापनका विधाहरुमध्ये Knowledge management, Talent Management, Strategic Management, Time Management, Conflict Management, Crisis Management, Diversity Management तुलनात्मक रुपमा नयाँ मानिन्छन् ।
ज्ञान व्यवस्थापन र संगठनको उद्देश्य एवं रणनीतिमा बलियो सम्बन्ध हुन आवश्यक छ । कुनै पनि संगठनमा उपलब्ध साधन र श्रोत (भौतिक तथा वौद्धिक) को उचित परिचालनका लागि ज्ञान व्यवस्थापनले सघाउँछ । संगठनको निरन्तरता एवं वृद्धिका लागि उपलब्ध स्रोत र साधनको उत्युत्तम प्रयोग आवश्यक छ ।
त्यसबाटै प्रतिस्पर्धात्मक लाभ प्राप्त हुन्छ, जुन ज्ञान व्यवस्थापनबाट मात्रै प्राप्त हुनसक्छ । सूचना तथा संचार क्षेत्रको अधिक प्रयोग हुने गरेको आजको युगमा त्यसको जानकारी प्राप्त गर्ने एवं आवश्यकता अनुसार उपयोग गर्न सकेमा नै सफल बन्न सकिन्छ । विश्वव्यापीकरणका कारण समग्र संसार नै एकल बजारमा परिणत हुन लागेको आजको यो परिप्रेक्ष्यमा ज्ञान व्यवस्थापनले सही सूचना प्राप्त गर्ने, त्यसको व्यवस्थापन गर्ने र आवश्यकता अनुसार प्रयोग गर्ने परिपाटीको विकास गराउँछ ।
संगठनलाई Learning Organization को रुपमा व्यवहार गर्न सिकाउँछ । विभिन्न भूगोलको सही जानकारी लिने, फरक भूगोलको फरक आवश्यकता पहिचान गर्ने, भूगोल र सांस्कृतिक विविधता बीचको सामान्जस्यताबाट सफलता प्राप्त गर्न ज्ञानको उपयोग अपरिहार्य छ । बैंकिङ व्यवसाय सेवा क्षेत्र अन्तरगत पर्ने भएकाले यस व्यवसायमा ज्ञान व्यवस्थापनको अपरिहार्यता वढी देखिएको हो ।
प्रविधिमा अधिक भर पर्नुपर्ने र बदलिँदो मानवीय आवश्यकतालाई समयमै सम्बोधन गर्नु पर्ने भएकाले यस्ता व्यवसायले आफ्नो संगठनको प्रतिस्पर्धात्मक क्षमता के हो र त्यो कहाँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा एक अलग्गै युनिट नै खडा गरी अध्ययन अनुसन्धान गर्ने प्रचलन पनि बढेर गएको छ ।
संगठनभित्र एक निश्चित समय अन्तरालमा Knowledge Sharing कार्यक्रम राखेर फरक विभागमा कार्यरत जनशक्तिलाई ज्ञानका बारेमा अद्यावधिक गराइराख्ने प्रचलन पनि अब नौलो विषय रहेन । ज्ञान एवं ज्ञान व्यवस्थापनको प्रभावकारिता एवं सान्दर्भिकतालाई देहाय बमोजिम व्यवस्थापनविद्हरुका भनाइहरुले थप प्रष्ट पार्दछन् :
“Knowledge is a fluid mix of framed experience, values, contextual information, expert insight, and grounded intuition that provides an environment and framework for evaluating and incorporating new experiences and information. It originates and is applied in the mind of the knower. In organizations it often becomes embedded
not only in documents or repositories, but also in organizational routines, practices and norms – Davenport & Prusak, 2000
– Successful companies of the 21st century will be those who do the best of capturing, storing, and leveraging what their employees know – CEO, Hewlett Packard
– It would be hard to find a corporate annual report in my country that does not state “Our most important asset is our people”- yet our accounting rules make it literary impossible to reflect this on the balance sheet, …..J. Diebold, Chairman of consulting firm Diebold.
– Knowledge Management is the explicit and systematic management of vital knowledge – and its associated processes of creation, organization, diffusion, use and exploitation – in pursuit of business objectives- Skyrme, 2011
ज्ञानको प्रकार
ज्ञानलाई धेरै तरिकाले परिभाषित गर्न सकिन्छ । ज्ञान व्यवस्थापन जान्नु पूर्व ज्ञानका प्रकारका जान्न आवश्यक छ । धेरै ठाउँहरुमा भनिने गरिएझैँ ज्ञानलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ:
(१) व्यक्त ज्ञान
कुनै डकुमेण्टमा संलग्न, सजिलै देख्न र पढ्न सकिने, चित्र वा अक्षरहरुमा व्यक्त भएको ज्ञान यस अन्तरगत पर्दछ । यस अन्तरगत रहने ज्ञानलाई अक्षरहरुमा व्यक्त हुने हुनाले सजिलै पहिचान गर्न, संरक्षण गर्न, संशोधन गर्न र चाहिएको बेला तुरुन्त प्रयोगमा ल्याउन सकिने अवस्थामा हुन्छन् । संगठनका धेरै जसो ज्ञानहरु यसै अन्तरगत पर्दछन् । ज्ञान व्यवस्थापनको साँघुरो परिभाषाले व्यक्त ज्ञानको मात्र व्यवस्थापनलाई बुझाउँछ ।
त्यसैले संगठन र व्यवस्थापकलाई एक प्रकारको चुनौती पनि रहेको हुन्छ । ज्ञानलाई भण्डारण गरेर राखिएको र आवश्यक परेको बेला उपयोग गर्न सकिन्छ भन्ने भ्रम रहँदा व्यवस्थापकलाई यो चुनौती आउने गरेको हो । तर व्यक्त ज्ञानले संगठनमा competitive advantage प्राप्त गर्न सकिँदैन किनकि यो सजिलै प्रतिस्पर्धीहरुले नक्कल गर्न सक्छन् । त्यसैले धेरै व्यवस्थापनविद्हरु यो ज्ञानलाई त्यति महत्व दिँदैनन ।
(२) अव्यक्त ज्ञान
यो ज्ञान सम्बन्धित क्षेत्रमा कार्य गर्नेहरुको लामो अनुभव (large experience),अन्तरज्ञान (intuition) बाट प्राप्त हुन्छ । ज्ञान व्यवस्थापनमा अब्यक्त ज्ञानको व्यवस्थापनले निकै ठुलो महत्व राख्छ । विशेष गरी यस्तो ज्ञान विज्ञ (expert) हरुको दिल दिमाखमा हुन्छ ।
त्यस्ता विज्ञहरुलाई उक्त संगठनको Software पनि भन्ने गरिन्छ । सजिलै लेख्न र पढ्न नपाइने, एक व्यक्तिबाट अर्काे व्यक्तिमा सञ्चार गर्न कठिन हुने, कम्प्युटर मा संचय गरेर राख्न नसकिने भएकाले अब्यक्त ज्ञान व्यवस्थापन जुन संगठनले गर्न सक्यो त्यही संगठनले प्रतिप्रर्धात्मक क्षमता वृद्धि गरी तुलनात्मक लाभ लिन सक्छ ।
Brown & Duguid, 1988 का अनुसार अब्यक्त ज्ञान एक प्रकारको ““Know-how” हो । संगठनात्मक संस्कृति, मूल्य मान्यताहरु यसमा समाविष्ट हुन्छन् । अब्यक्त ज्ञानलाई Polanyi ले सन् १९६६ मै पहिलो पटक प्रयोगमा ल्याएका थिए । त्यसपछि यसको प्रयोगमा व्यापकता आउन थालेको हो ।
ज्ञान व्यवस्थापनको आवश्यकता कुनै पनि संगठनमा रहेको अब्यक्त ज्ञान (implicit Knowledge) समेतको पहिचान गरी सो समेत संगठनको उद्देश्य प्राप्तिमा समाविष्ट गर्न सकिने हुनाले ज्ञान व्यवस्थापनको महत्व अझ बढेर गएको हो । समग्रमा ज्ञान व्यवस्थापनले ज्ञानको प्राप्ति, ज्ञान—श्रोतको व्यवस्थापन एवं संगठनले ज्ञान प्राप्ति गरेपछि त्यसको अद्यावधिक गर्ने एवं उक्त ज्ञानलाई संस्थागत गर्ने हिसावले Institutional Memory तर्फ जोड दिन्छ ।
यी लगायत ज्ञान व्यवस्थापनको आवश्यकतालाई देहाय बमोजिम बुँदागत रुपमा औंल्याउन सकिन्छ:
– बदलिँदो परिवेशमा संगठनलाई निरन्तरता दिन,
– संगठनमा निर्णय प्रक्रियालाई चुस्त बनाउन,
– संगठनलाई Learning Organization मा रुपान्तरण गर्न,
– संगठनको विस्तार गर्न,
छ। प्रतिस्पर्धी बजारमा नवप्रवर्तनको रणनीति अवलम्बन गर्न
– जोखिम व्यवस्थापन गर्न,
– आफ्नो संगठनले के विषयमा ज्ञान राख्छ भन्ने बारेमा जानकारी लिन,
– ज्ञान व्यवस्थापनले सिधै रणनीतिक योजनासँग समन्वय राख्ने हुनाले यी दुबै विषयलाई सँगसँगै हिँडाउन,
– संगठन सञ्चालनका लागि आवश्यक ज्ञान कोसँग छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने जानकारी राख्न र
ज्ञण्। संगठनमा ज्ञान कुन रुपमा छ भन्ने विषय जस्तैः कुनै विज्ञ कर्मचारीसँग, कुनै विभाग-एकाई, कुनै विशेष परिपत्र, स्वीकृत टिप्पणी फाइल आदि बारेमा जान्न ।
ज्ञान व्यवस्थापनका चरणहरु
सही ज्ञान उपयुक्त व्यक्तिबाट तोकिएकै समयमा प्राप्त गर्न सक्नु ज्ञान व्यवस्थापन हो । संगठन सञ्चालन गर्ने सिलसिलामा प्राप्त सबै तथ्य, सूचना एवं जानकारीहरु ज्ञान होइनन् । कहिलेकाहीँ हामीमा यो भ्रम हुन सक्छ कि डाटा तथा सूचनाहरु नै ज्ञान हुन् र तिनको व्यवस्थापन नै ज्ञान व्यवस्थापन हो । वास्तवमा यो सरासर गलत छ । ज्ञान व्यवस्थापनको चरणलाई सँगैको पिरामिडबाट देखाउन सकिन्छ:
संगठन सञ्चालनको सिलसिलामा विविध प्रकृतिका तथ्य, तथ्यांकहरुको संकलन आवश्यक पर्दछ । तथ्यांकहरु आफैमा सुचना होइनन् । प्राप्त तथ्यांकहरुको उचित प्रशोधन पश्चात् मात्र सूचना प्राप्त हुनसक्छ । त्यसैगरी, तथ्य सूचनाहरुबाट मात्र ज्ञान प्राप्त हुने हो । तसर्थ संगठन सञ्चालनमा ज्ञान व्यवस्थापनको सिलसिलामा सहि तथ्यांकको संकलन, त्यसको उचित प्रशोधन र सूचनाहरुको सही उपयोगबाट मात्र ज्ञान प्राप्त हुनसक्छ भन्ने जानकारी हुन आवश्यक छ ।
ज्ञान व्यवस्थापन कसरी गर्ने ?
ज्ञान व्यवस्थापनको प्रक्रियाले पनि ज्ञान व्यवस्थापन कसरी गर्ने भन्ने विषयलाई बुझाउँछ । ज्ञान व्यवस्थापनको प्रक्रिया अन्तरगत (क) ज्ञानको स्रोतको खो जी (ख) संगठनको सबल तथा दुर्वल पक्षको विश्लेषण गरी उचित ज्ञान स्वीकार (ग) स्वीकार गरिएको ज्ञानलाई संगठनमा आवश्यका अनुसार संचार र (घ) ज्ञानको आन्तरिकीकरण गर्ने विषयहरु पर्दछन् ।
उपर्युक्त प्रक्रियाको अलावा यस खण्डमा ज्ञान व्यवस्थापन कुन कुन विधि मार्फत् गर्न सकिन्छ भन्ने विषयलाई औंल्याइएको छ । संगठनमा ज्ञान व्यवस्थापनलाई जीवन्त राख्न यस सम्बन्धी लिइने रणनीति मात्रै पर्याप्त छैनन् । संगठनात्मक संस्कृति, संगठनात्मक कार्यप्रक्रियाहरु, उच्च व्यवस्थापन, प्रविधि जस्ता विषयहरुले ज्ञान व्यवस्थापनमा भूमिका खेलेका हुन्छन् ।
प्रभावकारी ज्ञान व्यवस्थापनका लागि कर्मचारी , कार्यप्रक्रिया र प्रविधिको त्रिकोणात्मक सम्बन्ध अपरिहार्य हुन्छ । संगठनमा ज्ञान व्यवस्थापन कसरी गर्ने भन्ने विषयलाई देहाय बमोजिम बुँदागत रुपमा प्रस्तुत गर्न सकिन्छ:
१. संगठनमा लुप्त/अव्यक्त रहेको ज्ञान पहिचान गर्नु (Identify Tacit knowledge first)
अब्यक्त वा लुप्त रहेको ज्ञान पहिचान गर्नु सबैभन्दा कठिन मानिन्छ । तर ज्ञान व्यवस्थापनको उचित उपाय अवलम्वनबाटै यो सम्भव छ अन्यथा अब्यक्त ज्ञान अव्यक्त नै भएर रहन सक्छ । ज्ञान आदानप्रदान कार्यक्रम, समस्या समाधानका लागि समूह गठन, समस्या समधानका लागि प्रतिवेदन तयार गर्ने परिपाटीबाट मौन रहेको ज्ञानलाई संगठन व्यवस्थापनमा उतार्न सकिन्छ ।
२. नव प्रवेशी कर्मचारीहरुमा संस्थाको संस्कृति र संस्कार सम्प्रेषण गर्न प्रवेशकालिन तालीम उपलब्ध गराएर ज्ञान व्यवस्थापन गर्न सकिन्छ ।
३. संगठन भित्रैका अनुभवी प्रशिक्षक तथा व्यवस्थापकहरुबाट सेवाकालीन तालिम तथा अन्य अभिमुखिकरण तालिमको माध्यमबाट कर्मचारीमा ज्ञान अद्यावधिक गर्न सकिन्छ ।
४. तालिम उपलब्ध गराउने संस्थाहरुसँग समन्वय गरी आवश्यकता अनुसारको कोर्ष डिजाइन गरी तालिम उपलब्ध गराउन सकिन्छ ।
५. ब्रेन स्ट्रमिंग, रिभ्यु मिटिंङ, Quality CircleQC/Professional Circle-PC को माध्यमबाट प्लयधभिमनभ क्जबचष्लन जस्ता कार्यक्रमहरु सञ्चालन गरेर यस प्रक्रियामा अगाडि वढ्न सकिन्छ ।
६. ज्ञान व्यवस्थापनले ज्ञान सिर्जना, ज्ञान प्राप्ति सँगसँगै Institutional memory रहने गरी त्यसको संस्थागत विकास तथा ज्ञानको आन्तरिकीकरण गर्न सकिन्छ ।
७. संठनमा Intranet को व्यवस्था गरी ज्ञानको प्रसारण गर्न सकिन्छ ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञान व्यवस्थापनको अवस्था अन्य निकायहरुमा भन्दा बैंकिङ क्षेत्रमा ज्ञान व्यवस्थापनको थप जरुरी छ । सबैभन्दा महत्वपूर्ण पक्ष त बैंकिङ क्षेत्रमा उचित ज्ञान व्यवस्थापन हुन नसक्दा कर्जा प्रवाह लगायतका अत्यन्तै महत्वपूर्ण क्षेत्रमा Asymmetric information को आधारमा Adverse Selection हुन पुग्छ ।
यसले बैंकमा एकातिर लागत वृद्धि गराउँछ भने अर्काेतिर Moral Hazard को स्थिति सिर्जना गर्दछ । अझ पछिल्लो समयमा त के पनि भन्ने गरिएको छ भने कुनै पनि बैंकका लागि विश्वविद्यालयको पाठ्यक्रमहरु पर्याप्त छैनन् । आफ्नो रणनीतिसँग मेल खाने जनशक्ति तयार गर्न बैंकहरुले विश्वविद्यालयका कोरा विद्यार्थीहरुलाई आफ्नो संगठनको संस्कृति सुहाउँदो ज्ञानबाट दिक्षित गराउनु जरुरी छ ।
कुनै अरु बैंकले भिन्न संगठनात्मक संस्कृतिमा Schooling गरेको जनशक्तिकै भरमा प्रतिप्रर्धात्मक लाभ प्राप्त गर्न गाह्रो छ । त्यसैले पनि बैंकिङ क्षेत्रमा ज्ञान व्यवस्थापनको महत्व अरु बढेर गएको हो । स्वीकार गरिएको दायित्वबाट सम्पत्ति सिर्जना गर्ने यी संस्थामा विविध प्रकृतिका जोखिमहरु गाँसिएर आउने गर्दछन् ।
बैंकिङ व्यवस्थामा हुने अधिकांश जोखिमहरु निहित प्रकृतिका (inherent) हुन्छन् । नेपालमा बैंकिङ व्यवसायको इतिहास त्यति पुरानो छैन । बैंकिङ व्यवसायमा निजी क्षेत्र प्रवेश चालिसको दशकबाट शुरु भएको हो । करिव ४० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको यो क्षेत्रमा त्बअष्त प्लयधभिमनभ भन्दा Explicit Knowledge ले नै प्राथमिकता पाएको देखिन्छ ।
नियमनकारी निकायहरुबाट जारी नीति नियमहरुलाई आम कर्मचारीसम्म पु¥याउन इन्ट्रानेटको व्यवस्था, विभिन्न Product Paper हरुको व्यवस्था, कर्जा प्रवाह गर्दा विभिन्न श्रोतबाट प्राप्त तथ्य तथ्यांकका आधारमा कर्जा विश्लेषण गर्ने परिपाटी, कर्मचारीहरुका लागि आन्तरिक तथा वाह्य तालिमको व्यस्वस्था आदि ज्ञान व्यवस्थापनका क्षेत्रमा अवलम्वन गरिँदै आएका अभ्यासहरु हुन ।
नेपाल राष्ट्र बैंकमा ज्ञान व्यवस्थापन
ज्ञ। केन्द्रीय बैंकलाई पुँजी र श्रमसघन संगठन भन्दा पनि ज्ञान सघन (knowledge-intensive) संगठनको रुपमा हेरिन्छ । मुलुकको केन्द्रीय बैंकको हैसियतले नेपाल राष्ट्र बैंकका लागि ज्ञान व्यवस्थापन अति नै महत्वपूर्ण मानिन्छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले परिलक्षित गरेका उद्देश्यहरु अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य स्थिरता कायम गर्न एवं शोधनान्तर सुदृढीकरण गर्न, सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्न, बैंकिङ तथा वित्तीय प्रणालीको स्वस्थ विकासको लागि उपयुक्त नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्न र मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्वि गर्नको लागि आवश्यक तथ्यांकहरु संकलन गर्ने त्यसको प्रशोधन गरी सही सूचना प्राप्त गर्ने तथा सूचनाहरुको आधारमा सही विश्लेषण पश्चात निर्णयहरु लिनु आवश्यक छ ।
केन्द्रीय बैंक सरकारको बैंकर, सरकारको आर्थिक विषयको सल्लाहकार तथा वित्तीय एजेन्ट पनि हो । सरकारले बैंकको क्षेत्राधिकारसँग सम्बन्धित विषयमा बैंकसँग परामर्श लिने गर्दछ । प्रत्येक आर्थिक वर्षका वार्षिक बजेट तयार गर्दा आन्तरिक तथा वाह्य ऋण लगायतका विषयमा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश गर्ने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंक ऐनमा उल्लिखित व्यवस्था अनुसारका विषयहरुमा उचित सल्लाह प्रदान गर्ने प्रयोजनका लागि समेत अध्ययन अनुसन्धान आवश्यक भएकाले संगठनभित्रको Tacit Knowledgeको उचित व्यवस्थापन हुनु जरुरी छ ।
पछिल्लो समयमा मुलुकले घरजग्गा व्यवसाय तथा शेयर धितो कर्जाबाट समग्र वित्तीय प्रणालीलाई परेको असरका बारेमा आगामी दिनमा त्यस्तै खाले समस्याका कारण वित्तीय स्थायित्वमा पर्नसक्ने समस्याहरुको बारेमा बैंकमा विश्लेषण हुनु जरुरी छ ।
वित्तीय स्थायित्व प्राप्त गर्ने सिलसिलामा Bank For International Settlement-BIS लगायतका अन्तराष्ट्रिय वित्तीय निकायहरुबाट जारी गरिएका Prudent Regulation हरु तथा विकसित देशहरुको जटिल वित्तीय प्रणालीको अनुभवबाट ती निकाय-देशहरुले जारी गरेका नियमनहरुलाई हाम्रो वित्तीय प्रणाली सुहाउँदो तवरले लागु गर्न नेपाल राष्ट्र बैंकमा ज्ञान व्यवस्थापनले ठुलो भूमिका खेल्ने गर्दछ ।
वित्तीय प्रणालीमा अत्युत्तम प्रविधिको आगमन सँगसँगै चुनौतीहरु पनि थपिएका छन् । पछिल्ला समयमा सञ्चालन जोखिमका कारण थुप्रै समस्याहरु बैंकिङ क्षेत्रले भोग्दै आइरहेको छ । ती जोखिमहरुलाई निराकरण गर्न जोखिम व्यवस्थापनका सिद्धान्तहरुको प्रतिपादन गरी लागु गराउनु पनि उतिकै चुनौतीपूर्ण छ ।
नेपालको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सर्वप्रथम त केन्द्रीय बैंक आफैमा प्रविधियुक्त हुन आवश्यक छ । आधुनिक भुक्तानी प्रणाली, Real
Time gross Settlement का प्रावधानहरुको सम्बोधन पनि सँगसँगै गर्नुछ । यी सबै विषयलाई सम्बोधन गर्न केन्द्रीय बैंक भित्रै बैज्ञानिक ज्ञान व्यवस्थापनको टड्कारो आवश्यकता महसुस गरिएको छ ।
उल्लेख्य लागतमा कर्मचारीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रदान गरिएका तालिमहरुबाट प्राप्त ज्ञानको सहि उपयोग हुनु पनि त्यतिकै जरुरी छ । बैंकभित्र Institutional Memory को अभावमा प्राप्त भैसकेको ज्ञानलाई संस्थागत गर्न सकेको देखिदैन, यस विषयलाई पनि ज्ञान व्यवस्थापन अन्तर
गत रही प्राप्त भएको ज्ञानको आन्तरिकीकरण गर्नु जरुरी छ ।
पछिल्लो समयमा केन्द्रीय बैंकका लागि चुनौतीहरु झन थपिएका छन् । २०७२ बैशाखमा आएको भूकम्पका कारण बैंक भवन विहिन बन्न पुगेको छ । बैंकले सम्पादन गर्ने कार्यहरुलाई प्रत्यक्ष रुपमा सघाउन आधुनिक भवनहरु निर्माण गर्ने जिम्मेवारी पनि थपिएको छ । यो कार्य बैंकको आफ्नो Core Functions भित्र नपर्ने तर रणनैतिक हिसावले महत्वपूर्ण भवनहरु निर्माणमा प्रशस्त समय र खर्च लाग्ने भएकाले उचित परामर्शदाता नियुक्त गरी कार्य सम्पादन गर्नुपर्ने देखिन्छ ।
उपर्युक्त विषयहरुका सम्बन्धमा उचित तथ्याँक संकलन, प्रशोधन, कर्मचारीलाई उत्प्रेरण, तालिम, कर्मचारीको सहि पदस्थापन आदि आवश्यक छ जुन विषयहरु समेत ज्ञान व्यवस्थापनभित्रै पर्दछन् ।
अन्तमा, गतिशील आजको दुनियामा संगठन सञ्चालन गर्नु निकै चुनौतीपूर्ण कार्य हो । Explicit Knowledge लाई व्यवस्थापन गरेर मात्रै प्रतिप्रर्धात्मक लाभ प्राप्त गर्न सम्भव छैन । तसर्थ संगठनलाई Learning Organization मा रुपान्तरण गरी संगठनको Tacit Knowledgeलाई उपयोग गर्न जरुरी छ । त्यसका लागि ज्ञानको प्राप्ति, ज्ञानको सञ्चय, ज्ञानको उपयोग गरेर ज्ञानलाई संगठनमा आन्तरिकीकरण गर्न आवश्यक छ ।
राष्ट्र बैंक वार्षिकोत्सव विशेषांकबाट