Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हिमालयन लघुवित्तको साधारणसभाः मर्जर प्रस्ताव पारित

२०८१ मंसिर ३० गते

बैंकिङ खबर/हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विजयमान नकर्मीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरूलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने लगायत प्रस्तावहरू पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईंलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।