December 13th, 2024

गणपति लघुवित्तद्वारा सीप विकास तालिम सम्पन्न

बैंकिङ खबर/ गणपति लघुवित्तकाे शाखा कार्यालय साँगाद्धारा एक दिने साबुन बनाउने तालिम सम्पन्न । गणपति लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय साँगा काभ्रेले सीप विकास तालिम अन्तर्गत सदस्यहरुकाे क्षमता अभिबृद्धिका लागि एक दिने साबुन बनाउने तालिम संचालन गरेकाे छ ।

संस्थामा आबद्ध सदस्यहरुकाे क्षमता अभिवृद्धी गर्ने उदेश्यले १९ जना ग्राहक सदस्यहरु सहित २६ जनालाई २०८१ साल मंसिर २७ गते बिहिबारका दिन साँगामा उक्त तालिम प्रदान गरिएकाे हाे ।

शाखा प्रबन्धक राेहिणि प्रसाद चाैलागाईकाे अध्यक्षतामा सम्पन्न तालिमकाे प्रशिक्षण बिषय विज्ञ विमला नयाँजुले दिनु भयाे । तालिममा सहभागिहरुलाई प्रमुख अतिथि संस्थाका अनुगमन अधिकृत श्री गाेकर्ण प्रसाद जाेशिले प्रमाण पत्र वितरण गर्नुभयाे । यस शाखाले सदस्यकाे क्षमता अभिबृद्धीका लागि विगत बर्ष देखि निरन्तर सिपमुलक तालिम प्रदान गर्दै आएकाे छ ।