December 10th, 2024

गणपति लघुवित्त नवौं वर्षमा प्रवेश

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । आठौं बर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा अवस्थित राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बिच बृद्धाश्रम संचालक समितिका अध्यक्ष विश्वराज लामिछानेमार्फत वित्तीय संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरे ।

वित्तीय संस्थाले विगत लामो समय देखि यसै बृद्धाश्रममा आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरुमार्फत ग्रामिण क्षेत्रका ३३,८३३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।