December 5th, 2024

नेशनल लघुवित्तका ग्राहक तथा कर्मचारीहरुलाई लम्कीचुहा लाल रत्न अस्पतालमा छुट

बैंकिङ खबर/ नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई लम्कीचुहा लाल रत्न अस्पताल प्रा. लि. र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहकाबीच लाल रत्न हस्पिटलका तर्फबाट लिला राज विष्ट र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट सुदुरपश्चिम प्रदेशका अनुगमन कार्यालय अत्तरियाका प्रमुख अमरेश कुमार कुशवाहाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले लाल रत्न हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी सर्जिकल सेवा लगायतका सेवाहरुमा ५% देखी २५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।