बैंकिङ खबर/ युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं साधारणसभा डाकेको छ । लुघवित्तको मंसिर १५ गते बसेको सञ्चालक समितिले सभा पुस १० गते कोहलपुर नगरपालिका ४, होलट सेन्ट्रल प्लाजामा बिहान १० बजे बस्ने गरी निर्णय गरेको छ ।
सभामा लाभांशसम्बन्धी प्रस्ताव समावेश गरिएको छैन । सभामा भविष्यमा अन्य कुनै लघुवित्तसँग एकापसमा गाभ्ने गाभिनेसम्बन्धी प्रस्ताव आएमा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, सभाले सञ्चालक समिति तथा लेखापरीक्षकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गर पारित गर्नेछ ।
त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनार्थ लघुवित्तले पुस २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १ गतेसम्म कायम शेयरधनी सभामा सहभागी बन्न पाउनेछन् ।