November 21st, 2024

मर्जरमा जाँदै हिमालयन लघुवित्त

बैंकिङ खबर/हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । मंसिर ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सभा मंसिर २७ गते बागेगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०८० ८१ को वार्षिक प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको नाफा नोक्सा हिसाब, नगद प्रवाहलगायतका विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यसै अन्य लघुवित्तसँग गाभ्ने/गाभिने वा प्राप्ति गर्न संस्थाको चल–अचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्यांकन गर्न मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रम तोक्ने तथा सोसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामाले पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ लघुवित्तले मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर १५ सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा सहभागी बन्न पाउनेछन् ।