Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ओमले अर्घाैंमा शाखा खोल्ने

२०७३ मंसिर १९ गते

omओम डेभलपमेन्ट बैंक लिमिटेडले कास्कीको लेखनाथ नगरपालिका वडा नंं.३, अर्घाैं चोकमा नयांँ शाखा खोल्ने निर्णय गरेको छ । हाल २५ वटा शाखा कार्यालय रहेको बैंकले काठमाडौंको कलंकी र बौद्ध, जोमसोम, गल्या∙, बुटवल र लेकसाईड गरि ६ वटा नयाँ शाखा खोल्नको लागि तयारी भइरहेको जनाएको छ । साथै जोमसोम शाखाको समुद्धघाटन यहि २०७३ मंसिर २४ गते शुक्रबार हुन लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

अर्घाैं शाखापछि बैंकको शाखा संख्या ३२ पुग्नेछ । मर्जर पार्टनर मनास्लु विकास बैंक लि.को हाल रहेको ९ वटा शाखा र खोल्न लागेको नयाँ मनकामना शाखासहित १० वटा गरि मर्जरपछि जम्मा शाखा संख्या ४२ पुग्नेछ । बैकले गत आर्थिक बर्षको मुनाफाबाट २९.२० प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्विकृती पाइसकेको छ, जुन पौष ८ गतेको साधारणसभाबाट पारित भएपछि बितरण हुनेछ ।