बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले आज अर्थात् आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब तान्न लागेको हो ।
निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर १६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले कात्तिक लागेपछि चौथो पटक खिच्न लागेको हो । यसअघि बैंकले १ गते १ खर्ब, ७ गते ४० अर्ब, २१ गते १ खर्ब रुपैयाँ तरलता खिचेको थियो ।
22.DC_-NOtice2081.07.25