एनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत तथा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले पारित गरेको छ । यसअघि १० बराबर ८ को अनापतमा हकप्रद दिएर कम्पनीले चुक्ता पुँजी २७ करोड पुर्याइसकेको कम्पनीले पुनः शतप्रतिश हकप्रद सेयर जारी गरेर ५४ करोड रुपैयाँ पुर्याउन लागेको हो ।