Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि एक खर्बको निक्षेप उठाउँदै राष्ट्र बैंक

२०८१ कार्तिक २१ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरणका लागि आज बोलकबोल गर्दैछ । बजारको उच्च तरलता व्यवस्थापन गर्न बैंकले एकैपटक यो परिमाणमा निक्षेप संकलन बोलकबोल गर्न लागेको हो ।

२१ दिन अवधि रहेको उक्त मंसिर १२ गते परिपक्व हुनेछ । उक्त उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बिडिङ गर्नसक्ने उल्लेख गरिएको छ । आवेदन दिँदा कम्तीमा १० करोड रुपैयाँ र त्यसभन्दा माथि पाँच करोड रुपैयाँले भाग जाने परिमाणमा लागि बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले अघिल्लो महिना पनि राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल गरेको थियो । त्यतिबेला बैंकहरुले ३२ अर्ब रुपैयाँका लागि मात्रै आवेदन दिएका थिए । बजारमा अहिले पनि उच्च चतरलताको अवस्था छ । अन्तरबैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको ३ प्रतिशतभन्दा तल झरेपछि खुला बजार हस्तक्षेप गर्ने राष्ट्र बैंकको नीति छ । मंगलबार अन्तरबैंक व्याजदर २.७० प्रतिशत कायम भएको थियो ।