Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा पुनः नुमनाथ पौडेल नियुक्त

२०८१ कार्तिक १४ गते

बैंकिङ खबर/ फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नुमनाथ पौडेल नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

पौडेललाई ४ वर्ष अवधिको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको छ। पौडेलको नियुक्ति कात्तिक १६ गतेबाट लागू हुने संस्थाले जनाएको छ।