Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुमा सवा ५ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्ने आज अन्तिम दिन

२०८१ कार्तिक २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकहरुमा सवा ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ३१ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले कात्तिक २ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ कात्तिक १३ गतेदेखि २०८२ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।