October 1st, 2024

सूर्यदर्शन सहकारी ठगी प्रकरणः लीला पछाईं पक्राउ

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले गुल्मीको मुसीकोट नगरपालिका–४ स्थायी घर भइ ललितपुर १५, खुमलटार बस्ने ३२ वर्षीया लीला पछाईंलाई पक्राउ गरेको छ।

प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो। उनीमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग रहेको छ।
प्रहरीका अनुसार सहकारीबाट लगेको सो पैसाबाट उनले चल–अचल सम्पत्ति खरिद गरेको तथा शेयर कारोबारसमेत गर्ने गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।