September 30th, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

बैंकिङ खबर/ पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ घटाइएको निगमले जनाएको छ।

एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ। इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ। साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ।