Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अनलाइन भुक्तानीलाई निःशुल्क बनाउन माग गर्दै प्रदर्शन

२०८१ आश्विन ६ गते

बैंकिङ खबर/अनलाइन भुक्तानीलाई निःशुल्क गर्न माग गर्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विवेकशील साझा पार्टीले शान्तिपूर्ण प्रदर्शन गरेको हो। उनीहरूले डिजिटल भुक्तानी गर्दा लाग्ने कर खारेजीको माग गरेका छन्। उनीहरुले ‘डिजिटल पेमेन्टमा लाग्ने भ्याट खारेज गर’, ‘जनताको राज्यमाथि भर, कति थुपार्छौं जनतामाथि करै कर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।