September 22nd, 2024

सहकारी ठगी प्रकरणःपूर्वडीआइजी छविलाल जोशी पक्राउ

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका सञ्चालक समेत रहेका जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।