Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थतन्त्र सुधारको बाटोमा छः गभर्नर

२०८१ आश्विन ६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको परिणाम स्वरुप विदेशी मुद्रा सञ्चितिमा समेत उल्लेख्य सुधार हुँदा अर्थतन्त्रको वाह्य क्षेत्र बलियो रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आइतबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र बिस्तारै सुधारको बाटोमा रहेको दाबी समेत गरे । सन् २०२२ र २०२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि रहेकोमा २४ मा सुधार भएर ३.९ प्रतिशत र मुद्रास्फीति ५.४ प्रतिशत रहेको उल्लेख गरे ।

उनले मुद्रास्फीतिलाई ६.५ प्रतिशत राख्ने लक्ष्य भएपनि लक्ष्यभन्दा कम रहेको बताए । गभर्नर अधिकारीले विदेशी मुद्रा सञ्चितिले १३ महिनाको आयात धान्नसक्ने क्षमता रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर समेत एकल अंकमा आएको बताएका छन् ।