Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकले सुरु गर्यो चिप कार्ड : कारोबारमा थप सुरक्षा

२०७३ मंसिर १५ गते

sanima-bankसानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलर डेबिट/ट्राभल कार्डहरु सुरु गरेको छ । विहीबार (मंसिर १६)गते) देखि उक्त कार्डहरु प्रयोगमा ल्याइने बैंकले जनाएको छ ।

यी चिप कार्डहरु एटीएम तथा पीओएस मेसिनहरुमा कारोबार गर्नका लागि थप सुरक्षित भएको बैंकको दाबी छ । नयाँ प्रविधिमा आधारित यी चिप कार्डहरुबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्ने बैंकले जनाएको छ । 

चिप बेस कार्डबाट कारोबार गर्दा यसमा प्रयोग भएको चिपले प्रत्येक कारोबारमा नयाँ कोड सिर्जना गर्ने र सोही कोड पुनःप्रयोग गर्न नसकिने भएकाले कारोबारहरु बढी सुरक्षित हुने दाबी बैंकको छ । 

छिट्टै डलर क्रेडिट कार्ड पनि जारी गर्ने बैंकको योजना छ ।