Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अपुग कागजात पेश गर्न राष्ट्र बैंकको आग्रह

२०८१ आश्विन ४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले अनलाइन दरखास्त फारामको अपुग कागजात पेश गर्ने र विवरण सच्चाउने सम्बन्धी सूचना जारी गरेको छ। राष्ट्र बैंककाे केन्द्रीय कार्यालय मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार एक सूचजना जारी गर्दै अनलाइन दरखास्तका अपुग कागजात पेश गर्न आग्रह गरेकाे हाे ।

बैंकले विज्ञापन नं.१२/२०८१ सहायक निर्देशक ( प्रशासन), विज्ञापन नं.१३/२०८१ सहायक (प्रशासन), र विज्ञापन नं. १४/२०८१ सहायक (सूचना प्रविधि) पदहरूको लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न २०७८/०४/३२ मा प्रकाशित सूचनामा आधारित आवेदनहरूमा अपुग कागजातहरूको बारेमा जानकारी गराएको हो।

साथै, बैंकले मिति २०८१/०६/१० गतेभित्र सम्बन्धित आवेदकहरूलाई आफ्नो अनलाइन पोर्टलमा लगइन गरी अपुग कागजातहरू पेश गर्न सूचना मार्फत् अनुराेध पनि गरेकाे छ ।