बैंकिङ खबर/ पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पुर्ण ग्राहक तथा कर्मचारीहरु र उनका आश्रीत परिवारका लागि पोखरा म.न.पा. वडा नंं १०, उत्तमचोकमा अवस्थित ग्यालेक्सी हस्पिटल प्रा.लि. सँग विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने विशेष सम्झौता गरेको छ ।
सम्झौता पछि बैंकका ग्राहकहरुले ग्रीन डेविट कार्ड , मोवाईल बैंकिङ्ग प्रयोग गरि हस्पिटलमा उपलब्ध USG(Ultrasonogram), ECG,X-ray, All type of Bed Charges, Pathology Service, Health Package मा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्यालेक्सी हस्पिटल पोखराको सुविधा सम्पन्न अस्पताल रहेको र उक्त अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सहरुद्वारा आधुनिक प्रविधियुक्त उपकरणबाट विशेषज्ञ स्वास्थ्य सेवाहरु प्रवाह हुँदै आएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रवन्धक संयुक्त बहादुर धाख्वा र ग्यालेक्सी हस्पिटल प्रा.लि.का तर्फबाट अध्यक्ष बरिष्ठ हाडजोर्नी तथा नशा रोग विषेशज्ञ डा. हेमन्त मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक दिपेन थापा र बैंकको बुद्धचोक शाखाका शाखा प्रवन्धक मान बहादुर शाहीको समेत उपस्थिति रहेको थियो । यो सम्झौता १ (एक) वर्षको लागि गरिएको छ ।