September 17th, 2024

बैंकिङ कसुरः फरार प्रतिवादी पक्राउ

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर काठमाडौँ बस्ने धिरबहादुर शाही छन् ।
४१ वर्षीय शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

कालिकोट खाँडाचक्र नगरपालिका–११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए । उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले कालिकोटमा पठाएको छ ।