Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुबाट एकैपटक ४० अर्ब तान्दै राष्ट्र बैंक

२०८१ भाद्र १९ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ १९ गते फेरि एकैपटक ४० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको असोज ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ १६ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी भने ५१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ।