August 28th, 2024

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुमा केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । यसअघि भदौं २ गते १ खर्ब रुपैयाँ तानेको केन्द्रीय बैंकल आज ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

केन्द्रीय बैंकले २१ दिन अवधिको ४० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ । यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २ गते साँवा तथा ब्याज भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

7.-DC_Issue-Notice-2081.05.12