Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बोटलर्स नेपालका सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश

२०७३ मंसिर १२ गते
सेयर:

बोट्लर्स नेपाल (तराई) लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले एक कित्ता सेयर बराबर २५ रूपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो ।

सोही बैठकले कम्पनीको साधारणसभा प्रयोजनका लागि मंसिर २६ देखि पुस ११ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ । जसअनुसार, मंसिर २५ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् । कम्पनीको साधारणसभा पुस ११ गते बस्दैछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।  

यसैगरी, कम्पनीको वरिष्ठ व्यवस्थापक आनन्द रत्नपार्खीले नोभेम्बर १० देखि लागू हुने गरी कम्पनी छाडेको पनि बोट्लर्सले जानकारी दिएको छ ।